काठमाडौं: विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत क्वाटरफाइनलका खेलहरु आजबाट शुरु हुँदैछन् ।

रुसमा जारी प्रतियोगितामा पहिलो क्वाटरफाइनल खेलमा विश्वकप पूर्वविजेता उरुग्वे र फ्रान्स भिड्नेछन् । यो खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे हुनेछ ।

फ्रान्स गत संस्करणको उपविजेता अर्जेन्टिनालाई ४–३ ले पाखा लगाउँदै क्वाटरफाइनलमा पुगेको हो । यसैगरी उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

दोस्रो खेलमा राति ११ः४५ बजे ब्राजिल र बेल्जियम एक आपसमा भिड्ने छन् । ब्राजिलले यसघि मेक्सिकोलाई २–० ले पराजित गरेको थियो भने बेल्जियमले जापानलाई ३–२ गोलअन्तरले हराएको थियो ।

शनिबार राति ७ः४५ बजे तेस्रो क्वाटरफाइनल खेलमा स्वीडेन र इङ्ग्ल्यान्ड तथा चौथो तथा अन्तिम खेलमा राति ११ः४५ बजे आयोजक रुस र क्रोयसिया आमनेसामने हुनेछन् ।

सेमिफाइनलको संस्करण भने असार २६ र २७ गते हुनेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version