माथिल्लो मस्र्याङ्दी–२ को लाइसेन्स चिनियाँलाई दिएको बारे छलफल गर्न बोलाइएको बैठक स्थगित

काठमाडौँ: गणपूरक सङ्ख्या नपुगेका कारण तोकिएको समयमा आज बस्ने भनिएको अर्थ, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक स्थगित भएको छ ।

गणपूरक सङ्ख्याका लागि कम्तिमा २ २६ सांसद अनिवार्य उपस्थिति हुनुपर्ने मा बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट १३ र अर्थ समितिबाट नौँ सांसद मात्र उपस्थित भएकाले ११ बजेका लागि बोलाइएको संयुक्त बैठक अन्तत १२।३० बजे स्थगित गरिएको हो ।

बैठकमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई पनि पुगेका थिए तर लामो समयसम्म अन्य सदस्य उपस्थित नभएपछि अन्ततः उनी पनि बैठक कक्ष सिहंदरबारबाट निस्किए ।

आज बस्ने भनिएको बैठकमा भारतीय कम्पनी जीएम आरले माथिल्लो मस्र्याङ्दी–२ जलविद्युत् आयोजनाको लाइसेन्स चिनियाँ कम्पनीलाई बिक्री गरिएका सम्बन्धमा सरकोकारवालबाट सत्यतथ्य सहितको विस्तृते जानकारी लिइने उल्लेख थियो ।

समितिका सभापति कृष्णप्रसाद दाहालले सदस्यहरू विभिन्न कामकाजका लागि जिल्ला बाहिर रहनुभएकाले बैठकमा अनुपस्थित भएकोे जानकारी दिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version