काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज बैंकिंग प्रणालीबाट ५ अर्ब रुपैयाँ उठाउन लागेको छ । केन्द्रीय बैंकले १४ दिन अबधिको निक्षेप संकलन उपकरण जारी गरेका उक्त रकम बैंकिंग प्रणालीबाट उठाउन लागेको हो ।

राष्ट्र बैंकले बजारमा तरलता नियन्त्रण गरि लगानी योग्य पुंजी व्यवस्थापनको लागि उक्त उपकरण जारी गर्ने गर्दछ ।

ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा दुई हप्ता अबधिको निक्षेप संकलनको दर ३ प्रतिशत रहेको छ ।
उक्त निक्षेप साउन चार गते परिपक्क हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version