काठमाडौँ: साताको अन्तिम कारोवारको पहिलो दिन शेयर बजारमा सुधार आएको छ । आज बिहिबार नेप्से परिसूचक ७ दशमलब ६० अंकले बढेर एक हजार १४८ दशमलब ७८ अंकमा पुगेको छ ।

आजको कारोवारमा निर्जीवन बीमा समूहको परिसूचक ६५ दशमलब ७८ अंक, जीवन बीमा ३० दशमलब २७ अंक र बाणिज्य बैंक ८ दशमलब ५५ अंकले बढेको छ ।

त्यसैगरी विकास बैंक ८ दशमलब ८७ अंक, लघुवित्त समूहको परिसूचक ११ दशमलब ६१ अंक र जलबिधुत ८ दशमलब ८ अंकले बढेको छ ।

यधपी, अन्य २ दशमलब ५७ अंक र होटल एक दशमलब ८५ अंकले घटेको छ ।

आज कूल १५४ कम्पनीको ९ लाख ९७ हजार ६७२ कित्ता शेयर ३२ करोड ३७ लाख ५८ हजार ७४ मूल्यमा खरीद बिक्री भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version