काठमाडौँ: दुई अर्ब अमेरिकी डलरभन्दा बढीको निर्यात व्यापार गर्ने क्षमता भएको नेपालले मुस्किलले आधा अर्ब अमेरिकी डलरको वार्षिक व्यापार गर्दै आएको एक प्रतिवेदनले देखाएको छ ।

विश्व बैंकले आज राजधानीमा सार्वजनिक गरेको ‘आधा भरिएको ग्लास’ शीर्षकको प्रतिवेदनका सम्पादक सञ्जय कथुरियाले नेपालमा व्यापार–लगानीका अथाह सम्भावना भए पनि यहाँ व्यापार र लगानी अत्यन्त कम भएको बताए ।

अर्थमन्त्री युवराज खतिवडाले प्रतिवेदन सार्वजनिक गर्दै तुलनात्मक लाभका क्षेत्रमा लगानी बढाएर आर्थिक समृद्धिको मार्गमा नेपालउन्मुख हुनसक्ने बताए। उनले भने, “पर्यटनलगायत तुलनात्मक लाभका क्षेत्रमा लगानी गरेर बन्दव्यापार विस्तार हुनका साथै रोजगारीका अवसर पनि सृजना हुन्छन् ।”

अहिलेको प्रतिस्पर्धात्मक बजारमा परम्परागत उत्पादनले नधान्ने यथार्थ औँल्याउँदै मन्त्री डा खतिवडाले कृषि क्षेत्रको प्रभावमा रहेको दक्षिण एशियाको अर्थतन्त्रलाई नवीनतम उत्पादन र सेवाबाट सशक्त तुल्याउन सकिने बाटए।

तीनदशक अघिदेखि देशको आर्थिक उन्नयनलाई राज्यले प्राथमिकतामा राखेको चर्चा गर्दै उनले विकास र लगानीका अवरोधले लक्षीत उपलब्धि हासिल हुन नसकेको वास्तविकता सुनाउए। “नीतिगत एवं संरचनागत सुधारबाटै गन्तव्यमा पुग्न सकिन्छ, हामी सुधारका पक्षमा छौँ”, उनले भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version