काठमाडौं : कांग्रेसमा शीर्ष नेताहरूबीच बढेको किचलोले महासमिति भेला प्रभावित भएको छ। चुनावपछि थलिएको पार्टीलाई पुनर्जीवन दिन डाकिएको भेलाको मुख्य एजेन्डा विधान मस्यौदा यसकै घानमा परेको छ।

सुरु हुने अघिल्लो शुक्रबार रातिसम्म विधानमा मतऐक्य हुन सकेन। शुक्रबार साँझ बसेको केन्द्रीय समिति बैठकले विधान मस्यौदालाई अन्तिम रूप दिन नसकेको हो। भेलामा पेश गरिने अन्य चार प्रतिवेदन भने परिमार्जनसहित केन्द्रीय समितिले पारित गरेको छ। मुख्य मानिएको विधानमै किचलो बाँकी छ।

पछिल्लो समयमा कांग्रेसभित्र गुटगत गतिविधि तीव्र छ। शशांक कोइराला, सुजाता कोइरालालगायतले घरमै पटकपटक बैठक बोलाए। सामुहिक नेतृत्वको पक्षमा आवाज उठिरहेकै बेला शनिबारदेखि काठमाडौंमा महासमिति भेला सुरु हुँदैछ। भेलाका लागि देशभरिबाट १६ सय कांग्रेस नेता–कार्यकता राजधानी आइपुगेका छन्। शनिबार ११ बजे सिंहदरबारअगाडिको पार्टी प्यालेसमा भेला उद्घाटन हुनेछ।

शुक्रबार पार्टी कार्यालयमा जम्मा भएको कार्यकर्ताको भीडको चासो समयमा महासमिति भेला हुन्छ कि हुन्न भन्नेमा थियो। सामुहिक नेतृत्वमा जाने वा सभापतिको एकल कार्यकारी नेतृत्व बलियो बनाउने भन्ने विषय पनि कांग्रेसमा टड्कारो बनेको छ।

हिन्दु धर्मको विषय पनि कांग्रेसभित्र बहसको विषय बनेको छ। महामन्त्री शशांक कोइराला नै हिन्दु धर्मको पक्षमा वकालत गरिरहेका छन्। अर्को पक्ष भने इतिहास भइसकेकाले धर्म र राजतन्त्रलाई कांग्रेसले उठाउन नहुने नहुने बताएका छन्।

महासमिति बैठकमा पेस हुने एजेन्डा केन्द्रीय समितिले पारित गर्न सकेको छैन। शुक्रबार रातिको केन्द्रीय समिति बैठकले पनि विधान मस्यौदा नटुंग्याएको हो। बैठकले परिमार्जनसहित राजनीतिक, संगठन र कोष तथा लेखासम्बन्धी प्रस्ताव भने परिमार्जनसहित पारित गरेको छ।

समग्र आर्थिक नीतिसम्बन्धी प्रस्ताव यसअघि नै पारित भइसकेको छ भने विधान संशोधनसम्बन्धी प्रस्तावमा अझै सहमति हुन सकेको छैन । हिजोदेखि शुरु भई पुस ३ गतेसम्म चल्ने काङ्ग्रेसको महासमिति बैठकको उद्घाटन आज शनिबार हुनेछ । काङ्ग्रेसले संविधानको सङ्घीयता संरचनाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महासमिति बैठक बोलाएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version