काठमाडौँ: गृह मन्त्रालयले ३३ किलो सुनसहित भारतबाट दुई नेपाली पक्राउ परेको जानकारी दिएको छ।

गृहका अनुसार पक्राउ पर्नेमा इटहरीका हेमप्रसाद शर्मा र राकेश प्रसाद रहेका छन्। दुबै इटहरीका भएको गृहको दाबी छ।
गृह स्रोतले दुबैलाई भारतको डाइरेक्टटोरेट रेभिन्यू इन्टेलिजेन्स ब्युरोले गत डिसेम्बर ७ तारिखमा पक्राउ गरेको जानकारी दियो।

ब्युरोले दिल्ली–कोलकाता राजमार्गस्थित दनकुनी प्लाजाबाट मारुती स्वीफ्ड गाडी नियन्त्रण लिएर सुन बरामद गरेको मन्त्रालयले जनाएको छ।

उक्त सुन गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएको हुन पनि सक्ने शंका गृहको छ।

पश्चिम बंगालस्थित दनकुनी प्लाजा नजिकबाट कोलकाता–दिल्ली सिधा रेलवे स्टेशन छ। उक्त सुन दिल्ली लैजान प्लाजामा राखिएको हुनसक्ने आशंका गरिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version