काठमाडौं :अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा आफ्नै हिरासत कक्ष छ। यसको क्षमता १८ जनाको हो। तर घुस लिने कर्मचारीका कारण त्यो ‘हाउसफुल’ छ। यहाँ ३३ जना हिसारतमा छन्। विगतको तुलनामा यो संख्या बढी हो। पछिल्लो समय ‘स्ट्रिङ अपरेसन’लाई तीव्रता दिएका कारण हिरासत भरिएको अख्तियारको भनाइ छ।

‘हिरासतको क्षमता १७–१८ हो। क्षमताभन्दा बढी भएर प्रहरी परिसर र प्रभागतिर पठाउनुपर्ने अवस्था छ’, अख्तियारका प्रवक्ता रामेश्वर दंगालले भने, ‘मालपोत, यातायात व्यवस्था कार्यालय र भूमिसुधारका कर्मचारी धेरै छन् ।’ प्रहरी हिरासतको तुलनामा अख्तियार हिरासतमा बस्नेलाई खानेबस्ने सुविधा राम्रो छ। परिवार पनि भेट्न पाइन्छ। त्यसैले पक्राउ परेका व्यक्ति बाहिर बस्न चाहन्नन्।

पछिल्लो समय मासिक ७ देखि १० वटासम्म घुसका मुद्दा विशेष अदालतमा दर्ता हुने गरेको अख्तियारको तथ्यांक छ। छिटो गर्न मुद्दा दर्ता भएकै दिन बयान र थुनछेकको काम सुरु गरिएको विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठले बताए। अख्तियार प्रमुखमा नवीनकुमार घिमिरे आएपछि विशेषगरी घुसको ‘स्टिङ अपरेसन’ले तीव्रता पाएको छ। घुस र भ्रष्टाचारको शैलीमा परिवर्तन आएकाले कारबाहीमा चुनौती थपिएको घिमिरेको भनाइ छ।

एक लाख घुस लिएको आरोपमा प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराका स्वास्थ्य निर्देशक (सहसचिवसरह) डा.तारानाथ पौडेल अख्तियार हिरासतमा छन्। स्वास्थ्य सेवाअन्तर्गत असिस्टेन्ट हेल्थ वर्कर परीक्षामा पास गराइदिने प्रलोभनमा पारी परीक्षार्थीसँग घुस रकम बुझेको आरोपमा मंसिर १७ गते समातिएका थिए । यो समाचार अन्नपुर्ण पोस्टमा रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version