काठमाडौँ: स्थानीय तहका कर्मचारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार समायोजन गर्दा विभेद गरिएको भन्दै देशभरका स्थानीय तहको कामकाज ठप्प पारेका छन् ।
कर्मचारी समायोजन गर्दा निजामतीसरह गर्नुपर्ने लगायतका माग राख्दै कामकाज ठप्प पारिएको स्थानीय तह कर्मचारी सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए।
उनले समायोजन गर्दा सबै कर्मचारीलाई एउटै नियमअनुसार गर्नुपर्नेमा आफूहरुलाई विभेद गरिएको बताए।
उनले आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम चलिनै रहने जानकारी दिए।
अध्यादेशमा सङ्घका निजामती कर्मचारीलाई समायोजनन गर्दा एक तह बढुवा गर्ने व्यवस्था गरेको छ । उहाँका अनुसार भोलिदेखि तीन दिनसम्म हातमा कालोपट्टि बाँधेर काम गर्ने बताए। पहिलो चरणअन्तर्गत माग सुनवाइ नभए पुनः दोस्रो चरणको आन्दोलन गर्ने उनले जानकारी गराए ।
देशभरि सबै स्थानीय तहमा स्थायी र अस्थायी गरी करीब २० हजार कर्मचारी रहेका छन् ।
