काठमाडौँ: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले भृकुटीमण्डपको खुलाबजार हटाएर स्थायी कक्ष (सेमि–परमानेन्ट स्टल) राख्ने बताएकी छिन्।

काठमाडौँ निम्न व्यापारी सङ्घ भृकुटीमण्डप खुलाबजारको २६औँ स्थापना दिवसमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले खुल्लाबजारलाई व्यवस्थित गर्नका लागि स्थायी कक्ष राखिने बताईन्।

निर्वाचनका बेला जनतासँग गरिएका प्रतिबद्धता पनि सरकारले क्रमशः पूरा गर्दै लैजाने उनको भनाइ रहेको थियो । मन्त्री थापाले संविधान र कानूनमा भएका विषयलाई कार्यान्वयनका लागि नीति बनाएर अघि बढाउने क्रममा सरकार रहेको भन्दै जनताको हक र हितका लागि नै सरकार केन्द्रित रहेको धारणा राखे । सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद ओलीले भृकुटीमण्डपको खुलाबजारलाई व्यवस्थित बनाउनुपर्ने बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version