भीमदत्तनगर: कञ्चनपुरको विद्युत् सेवा दुई दिनपछि सोमबार मध्यरातदेखि पुनः सञ्चालनमा आएको छ ।

वेदकोट नगरपालिका–७ लालपुरस्थित नेपाल विद्युत् प्राधिकरणको सव–स्टेशनमा सुरक्षागार्डका रुपमा कार्यरत भीमदत्त नगरपालिका–१९ बागफाँटाका चन्द्रदेव भट्टको मृत्युको विषयमा विवाद हुँदा आइतबार बिहानदेखि विद्युत् सेवा अवरुद्ध थियो ।

भट्टको मृत्यु शङ्कास्पद रहेको भन्दै उनका आफन्त र स्थानीयवासीले घटनास्थलबाट शव उठाउन नमानेपछि विद्युत्सँगै यातायात सेवासमेत अवरुद्ध गराएका थिए ।

सोमबार अबेर राति घटनाको छानबिन गर्ने, मृतकको परिवारको एक सदस्यलाई योग्यताअनुसारको रोजगारी विद्युत् कार्यालयमा दिने र राहतस्वरुप रु १० लाख उपलब्ध गराउनेलगायत सहमति भएपछि विद्युत् सेवा पुनः सञ्चालनमा आएको वेदकोट नगरपालिका नगर प्रमुख अशोककुमार चन्दले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय सहमतिपछि मृतकका परिवारले शव उठाउन मानेका हुन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version