काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो पाँच महिना सकिदासम्म जम्मा १२ दशमलब ४६ प्रतिशत मात्रै पूँजीगत खर्च भएको छ ।

आर्थिक वर्षकोको शुरुमा विकासका कामले तिब्रता नपाउँदा पूँजीगत बजेटको जम्मा १२ प्रतिशत बजेट खर्च भएको छ ।

चालू आर्थिक वर्षको कुल पूँजीगत खर्च बिनियोजन ३ खर्ब ५९ अर्ब ५५ करोड मध्ये पहिलो चार महिनामा जम्मा ३९ अर्ब रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

त्यसैगरी, समिक्षा अवधिमा चालू खर्च २९ दशमलब ४१ प्रतिशत पुगेको छ । चालू खर्च तर्फको बजेट बिनियोजनको २ खर्ब ४८ अर्ब खर्च भएको छ । सरकारले चालू खर्च तर्फ ८ खर्ब ४५ अर्ब बिनियोजन गरेको छ ।

समिक्षा अवधिमा कुल बजेट निकाशाको २३ दशमलब ५४ प्रतिशत खर्च भएको छ । कुल बजेट बिनियोजनको ३ खर्ब ९ अर्ब खर्च भएको छ । सरकारले १३ खर्ब ६० अर्ब बजेट बिनियोजन गरेको छ ।

सरकारले चालू आवको पहिलो पांच महिनामा लक्ष्य अनुरुप राजस्व संकलन गएको छ । आर्थिक वर्ष लक्ष्यको ३६ दशमलब ९१ प्रतिशत राजस्व संकलन गएको छ । सरकारको ९ खर्ब ४५ अर्ब राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा समिक्षा अवधिमा ३ खर्ब ४८ अर्ब राजस्व संकलन गरेको छ ।

यसरी पूँजीगत खर्च कम हुनु अर्थतन्त्र तथा देशको विकासमा नकारात्मक असर पर्ने अर्थशास्त्रीहरू बताउछन् ।

उनीहरुले भने- ‘पहिलो पांच महिनामा पूँजीगत खर्च कम्तिमा २५ प्रतिशत पुग्नु पर्ने तर यसरी समयमा खर्च गर्न नसक्नु सरकार तथा सम्बन्धित निकायको कमजोरी हो ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version