काठमाडौँ: चक्रपथमा मोनोरेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न काठमाडौँ महानगरपालिकाले चिनियाँ कम्पनीलाई बुधबार जिम्मा दिएको छ।

राजधानीको दुई जिल्ला काठमाडौं र ललितपुर महानगरपालिकालाई जोड्ने गरी डिपिआर तयार पार्न काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र चाइना रेलवे २५औं व्युरो ग्रुप कम्पनी लिमिटेड ओभरसिस विजेनस म्यानेजमेन्ट विभागका प्रमुख झ्यु ग्वाङबिङबीच द्धिपक्षीय सम्झौता (एमओयु) भएको छ।

डिपिआर निर्माण भएपछि निर्माण कार्य अघि बढाउने काठमाडौं महानगरपालिकाका मेयर शाक्यले जानकारी दिए। उनका अनुसार परियोजना निर्माण, सञ्चालन र हस्तान्तरण (बुट प्रणाली) अन्तर्गत तयार हुनेछ।

चक्रपथमा निर्माण गर्न लागिएको मोनोरेलको सम्भाव्यता अध्ययन पनि सोही चिनियाँ कम्पनीले गरेको थियो।

महानगर र चिनियाँ कम्पनीबीच ६ महिनामा फिजिविलिटी रिपोर्ट तयार पार्ने गरी सम्झौता भएको थियो। चिनियाँ कम्पनीले ३ महिनाअघि अध्ययन सकेर गत भदौमा रिपोर्ट बुझाइसकेको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version