काठमाडौँ: सरकारका प्रबक्ता एबम सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सराकारले यसै साता खरिद गरेको भनिएको भीभीआइपी हेलिकप्टर यही सरकारले खरिद नगरेको खुलाएका छन् ।

“यसै साता नेपाल भित्रिएको र मिडियामा छाएको हेलिकप्टर खरिदको कुरा यो सरकारको पालाको निर्णय नभएर तत्तकालिन रक्षा मन्त्री भीमसेनदास प्रधान तथा शेर बहादुर देउवा प्रधानमन्त्री भएको बेला भएको निर्णय हो,” संचारमन्त्री बास्कोटाले विहिबार आयोजित पत्रकार सम्मेलनमा भने।

हेलिकप्टर खरिदबारे थप स्पष्ट पार्दै उनले भने, ” तत्तकालिन सरकारले कूल चार वटा हेलिकप्टर खरिद गर्ने भनी मिति २०७३ साउन १३ गते मन्त्रिपरिशदबाट निर्णय भएको थियो सो अनुरुप यसपाली त्यस चार वटा मध्येको एउटा हेलिकप्टर अहिले नेपाल आइपुगेको हो।”

उबेलाको सरकारले चार वटा हेलिकप्टर ८ अर्व ५६ करोडमा खरिद गर्ने गरी निर्णय भएको पनि मन्त्री बास्कोटाले भने।
“तर यहाँ यही सराकारले कसैले थाहै नदिइ लुकाएर खरिद गरेको जस्तो गरी मिडियामा साथीहरुले सूचना स्रोतलाई पुष्ट्याई नै नगरी लेखेका छन् ताकी राष्ट्रपतिलाई बदाम गर्न सकियोस भनेर,” उनले भने।

“यो पनि मा स्पष्ट पार्न चाहन्छु कि यो खरिद भएको हेलिकप्टर केवल भीभीआइपीका लागि मात्रै नभएर सबै खाले क्षेत्रमा उद्धार, प्राकृतिक प्रकोप र अन्य क्षेत्रमा पनि उसको प्रयोग हुन्छ यो केवल राष्ट्रपतिको उडान भर्नका लागि मातै होइन,” मन्त्री बास्कोटाले भने।

उनले भने यो हेलिकप्टर एक करोड ४३ लाख अमेरिकी डलरमा खरिद भएको हो। पूर्वरक्षामन्त्री दासका पालामा मन्त्रिस्तरीय निर्णयबाट मिति २०७४ जेठ १९ गते एलसी खोलेर यो इटालियन मोडेलको हेलिकप्टर खरिद गर्ने निर्णय भएको थियो।

उनले यो पनि भने की आखिर यो राष्ट्र र जनताकै सम्पत्ति हो कसैले कसैको व्यक्तिगत बनाउने होइन बरु यसले हाम्रो देशको अझ क्षमता अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्दछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version