काठमाडौँ: नेपाल र फ्रान्सबीच रोजगारीका अवसर आदानप्रदानमार्फत दुवै देशको हित अभिवृद्धि गर्न सकिने विषयमा छलफल भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोसी जेभिएर लेजेर बीच आज भएको शिष्टचार भेटका क्रममा उक्त विषयमा छलफल भएको हो । मन्त्री विष्टले नेपालका धेरै युवा रोजगारीको सिलसिलामा खाडी र युरोपका विभिन्न मुलुकमा कार्यरत रहेको उल्लेख गर्दै नेपाली युवाका लागि फ्रान्समा रोजगारीका अवसर प्रदान गर्न आग्रह गरे ।

नेपाल र फ्रान्सबीचको बहुआयामिक सम्वन्धलाई अझ विस्तार गर्न आफू प्रतिवद्ध रहेको उल्लेख गर्दै मन्त्री विष्टले द्विपक्षीय सम्झौताको पालनाको सम्बन्धमा नेपाल सरकार जिम्मेवार रहेको बताए । मन्त्री विष्टले नेपालमा विसं २०७२ सालमा आएको विनासकारी भूकम्पको बेला फ्रान्स सरकारले पु¥याएको सहयोग र विभिन्न पूर्वाधार विकासको क्षेत्रमा गरेको लगानीप्रति धन्यवाद व्यक्त गरे । भेटका अवसरमा नेपाल र फ्रान्स बीचको सात दशक लामो सम्बन्धका विविध आयामबारे छलफल भएको श्रम मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिए।

भेटमा राजदूत फ्रान्कोसीले नेपालमा देखिएको राजनीतिक स्थायित्वप्रति खुशी व्यक्त गर्दै फ्रेञ्च कम्पनीले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्रयाउन चाहेको र यसको लागि नेपालको आवश्यकता के हो भन्ने विषय पहिचान गर्न जरुरी रहेको बताएका थिए। –––

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version