पोखरा: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र, राजसंस्था पुनःस्थापना र सङ्घीयता खारेजीको मागसहित आगामी फागुन ७ गतेदेखि पार्टीले शान्तिपूर्ण देशव्यापी जनसङ्घर्षको अभियान शुरु गर्ने बताएका छन्।

मिडिया नेपाल कास्की शाखाद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले पार्टीले गर्ने जनसङ्घर्ष कुनै धर्म, सरकार एवं पार्टीका विरुद्धमा नभई जनताको आस्था, विश्वास र पहिचानका लागि भएको बताए ।

नेपाली काङ्ग्रेस महासमिति बैठकमा हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गरेको खबर प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष थापाले काङ्ग्रेस महासमिति बैठकले हिन्दूराष्ट्रको पक्षमा साहसिक निर्णय गर्ने अपेक्षा लिइएको बताए ।

मुलुकको सामाजिक, साँस्कृतिक क्षेत्रका साथै राजनीतिक दलमा पनि हिन्दूराष्ट्रका पक्षमा झुकाव बढेको उल्लेख गर्दै उनले नेपाली काङ्ग्रेसले हिन्दूराष्ट्रको पक्षमा निर्णय गरेमा सहकार्य गरेर अगडि बढ्न सकिनेमा जोड दिए ।

शान्ति सुरक्षालाई मजबुत बनाउँदै भ्रष्टाचार नियन्त्रण गरी सुशासनको मुद्दालाई शसक्तरूपमा उठाउने बताउँदै अध्यक्ष थापाले सङ्घर्षले सशक्त जनमत एवं जन दबाव सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version