काठमाडौँ: जारी बिश्वकप फुटबलको क्वाटरफाइनलको दोश्रो खेलमा बेल्जियमले ब्राजिललाई २-१ हराउंदै सेमिफाइनलको यात्रा तय गरेको छ ।
बेल्जियमले पहिलो हाफमानै ब्राजिल बिरुद्ध दुई गोल गरेको थियो । ब्राजिलका स्टार खेलाडी नेमार अन्तिम समयमा प्रहार गरेको बलले पनि जाली चुम्न नसक्दा ब्राजिलले हार खानु परेको छ ।

हाफपछि आक्रामक रुपमा प्रस्तुत भएको ब्राजिलले एक गोल गर्न सफल भयो भने गोल गर्ने धरै अवसर पाए पनि ब्राजिलले दोश्रो गोल गर्न नसक्दा विश्वकप जित्ने सपना समाप्त भएको छ ।

यो जितसंगै सेमिफाईनलमा बेल्जियमले फ्रान्स संग भिड्ने छ । बेल्जियम दोश्रोपटक सेमिफाईनलमा पुगेको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version