काठमाडौँ: सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान पाँच बजेर ६ मिनेट जाँदा भूकम्प गएको हो ।

४ दशमलव ७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस भएको थियो ।

२०७२ वैशाख १२ को भूकम्पपछि त्यसका पराकम्पहरु पछिसम्म पनि आइरहेका थिए । तर, आइतबार बिहान पराकम्प नभइ भूकम्प नै गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

२०७२ सालको भूकम्पले सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक जिल्लामा भएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version