काठमाडौँ: गोंगबु स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रविण कँुवरको आठ वर्षीय छोरा प्रयासको हत्यामा संलग्न महेन्द्र सार्कीलाई जेल चलान गरिएको छ ।

मङ्सिर ११ गते गोंगबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गमा सञ्चालित स्वस्तिक गेष्ट हाउसबाट प्रयासलाई अपहरण गरी तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा जङ्गलमा मारेर काठमाडौँ महानगरपालिका–२६ म्हैपी पुलमुनि फाल्ने सार्कीलाई सोमबार जेल चलान गरिएको हो ।

महानगरीय प्रहरीवृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा मुद्दा पेश भएकामा अदालतको आदेशानुसार सार्कीलाई केन्द्रीय कारागार चलान गरिएको जानकारी दिए।

मङ्सिर ११ गतेदेखि हराएका बालक प्रयासको शव महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मङ्सिर १३ गते सामाखुशी म्हैपी पुलमुनि भेटाएको थियो । सार्की स्वस्तिक त्रिवेणी गेष्ट हाउसका चालक हुन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version