काठमाडौँ: आफूहरूको मुद्दा सम्बोधन नभएको भन्दै समर्थन फिर्ताको चेतावनी दिँदै आएको राष्ट्रिय जनता पार्टी (राजपा) ले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्दैछ।

अहिले बिहान १० बजे प्रधानमन्त्री ओलीसँग छलफल गर्न लागिएको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिएका छन्।

‘संविधान संशोधनलगायत मधेश मुद्दा सम्बोधन गर्ने सहमतिमा हामीले सरकारलाई समर्थन गरेका हौं तर अहिलेसम्म हाम्रा माग पूरा भएका छैनन्,’ यादवले भने, ‘आज हामी प्रधानमन्त्रीसँग यस विषयमा निर्णायक वार्ता गर्दैछौं।’

संविधान संशोधन, मधेश आन्दोलनका घाइते र विस्थापितलाई उचित राहतलगायत मधेश मुद्दामा सरकार गम्भीर नदेखिएको यादवको भनाइ छ।

बिहान प्रधानमन्त्रीसँग वार्ता गरेपछि त्यस आधारमा दिउँसो १ बजे पार्टीको अध्यक्ष मण्डलको बैठक बसेर निर्णयमा पुग्ने उनको भनाइ छ।

सरकार गठन भएको १० महिना पूरा हुँदा समेत माग सम्बोधनका लागि सरकारले पहल नगरेपछि राजपा सरकारलाई दिएकाे समर्थन फिर्ता लिने वा दबाबमूलक कार्यक्रम गर्ने भन्नेम कुनै निर्णयमा पुग्न सकेको छैन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version