काठमाडौं: संघीय संसद, प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठक स्थगित भएको छ । खानेपानी मन्त्री बिना मगर र सचिव गजेन्द्र ठाकुरले समय नदिएका कारण बैठक स्थगित भएको हो ।

समितिकी सभापति कल्याणी खड्काले भने प्राविधिक कारणले बैठक स्थगित भएको बताइन् ।

मंगलबार बिहान साढे ११ बजेको लागि बोलाइएको बैठक पुस १२ गते ११ बजेसम्मको स्थगित गरिएको समितिकी शाखा अधिकृत दीपाकुमारी दुलालले जनाएकी छिन् ।

समितिको बैठकमा मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा देखिएको समस्याबारे छलफल हुने कार्यक्रम थियो ।

इटालीयन कम्पनीले मेलम्चीमा काम गर्न नसक्ने भन्दै ठेक्का तोड्न खोजेपछि निर्माण प्रक्रिया अवरुद्ध भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version