काठमाडौँ: यसअघिका निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पुनः अनिल कुमार उपाध्याय नियुक्त भएका छन्।

उपाध्यायलाई बैंक संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षका लागि नियुक्त गरेको हो।

उनी यसअघि पनि सोहि बैंकबाट नायव महाप्रवन्धकको रुपमा काम गरेर अनिवार्य अवकासमा गएका थिए।

उपाध्यायसंगै सोही बैंकमा हाल कार्यवाहक नायव महाप्रवन्धक रुपमा कार्यरत प्रताप सुवेदी पनि सीइओ दौडमा थिए।

मंसिर ९ गतेदेखि सीइओमा गरिएको सूचनामा आधा दर्जनभन्दा बढी बैंकरले इच्छा देखाएका थिए।

बैंकका सिइओ लिलाप्रकाश सिटौलाको कार्यकाल सकिएपछि सरकारले गत मंसिर ९ गते सरकारी लगानीको कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मागेको थियो ।

पदपूर्ति समितिले शैक्षिक योग्यता र पेश भएको व्यावसायिक कार्ययोजनाको आधारमा आवेदकहरुमध्येबाट ५ जनालाई सर्ट लिस्टमा राकेह्को थियो। र, त्यसपछि ५ जनालाई व्यावसायिक कार्ययोजना प्रस्तुति गर्न लगाएर राम्रो प्रस्तुतिका आधारमा ३ जनाको नाम सिफारिस गरेको थियो।

सिफारिसमा परेका ३ जनामध्ये एक जनालाई सरकारले सीइओमा नियुक्त प्रावधान छ। यसरी नियुक्ति भएको सीइओको तलब मासिक २ लाख ५० हजार रुपैयाँ रहने छ । यसबाहेक अन्य सुविधाहरु हुने बैंकले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version