काठमाडौँ: डलर संग नेपाली रुपैयाँ कमजोर हुँदा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपाली बजारमा सुनको मूल्य बढ्न गएको छ ।

विगत एकमहिनामा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औन्स १०० डलरले घटेको छ तर स्थानीय बजारमा प्रतितोला सुनको मूल्य एक हजार ५०० देखि दुई हजार रुपैयाँ बढी पर्न गएको सुन ब्यावसायी तेज रत्न शाक्यले बताए ।

एक महिनामा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औन्स एक हजार ३५० डलर बाट घटेर एक हजार २५५ डलर पुगेको छ ।

उनले भने -‘नेपाली रुपैयाँ कमाजोर हुँदा हाम्रो लागत बढी पर्न जान्छ । हामीले एक डलरको लागि धेरै नेपाली रुपैयाँ खर्च गर्नु पर्ने भएकोले स्थानीय बजारमा सुनको मूल्य महँगो पर्न गएको हो ।’

अन्तराष्ट्रिय बजारमा घटेको मूल्य अनुसार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५५ हजार देखि ५६ हजर रुपैयाँ पर्नु पर्ने हो तर अहिले प्रतितोला ५७ हजार ५०० रुपैयाँ पुगेको उनले बताए ।

नेपाल राष्टबैंकले शुक्रबारका लागि जारी गरेको डलरको खरीद तथा बिक्री दर हालसम्मकै उच्च बनी नयाँ किर्तिमान कायम भएको थियो ।

केन्द्रीय बैंकले आजका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११०.६२ रुपैयाँ र खरीद दर ११०.०२ रुपैयाँ तोकेको छ।
अमेरिकी डलरसँग भारतीय मुद्रा अवमूल्यन भएलगत्तै त्यसको असर नेपाली रुपैयाँमा पनि परेको हो ।

पछिल्लो केहि दिनदेखि अमेरिकी डलरसँग नेपाली रुपैयाँ कमजोर बन्दै जाँदा नेपाली व्यापारमा साथै अर्थतन्त्रमा नराम्रो असर परेको उनको भनाई छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version