काठमाडौँ: सार्वजनिक ट्याक्सी चालकले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेका छन् ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सरकार, यात्रु तथा ट्याक्सी चालकबीच ट्याक्सीको भाडाको विषयमा लिएर भइरहेको द्वन्द्वलाई निमिट्यान्न गर्न सबैको सहयोग आवश्यक रहेको उनीहरुले बताए ।

अखिल नेपाल यातायात मजदुर सङ्घका उपाध्यक्ष राजेन्द्र शर्माले सरकारले ट्याक्सी व्यवसायीमाथि दण्डित गरेर यस क्षेत्रको सुधार गर्न खोजेको आरोप लगाए।

लोकतान्त्रिक यातायात मजदुर सङ्गठनका अध्यक्ष भरत गुरुङले विसं २०६९ को ट्याक्सी भाडादरलाई परिमार्जन गर्न सरकारलाई आग्रह गरे ।

अखिल नेपाल मजदूर सङ्घका केन्द्रीय उपाध्यक्ष अशोक थापा, अखिल नेपाल यातायात मजदूर सङ्घका ट्याक्सी विशेष जिल्ला कमिटीका अध्यक्ष दुर्गा श्रेष्ठ, अभियानका सदस्य कमल पोखरेल, बलराम श्रेष्ठलगायतले ट्याक्सी भाडा समायोजनमा गम्भीर बन्न सरकारसँग माग गरे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version