काठमाडौँ: नेपाल राष्ट्र बैंकले ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल आज सोमबार बिक्री गर्ने भएको छ । केन्द्रिय बैंकले ९१ दिने अवधिको एक अर्ब रुपैयाँको र ३६४ दिने अवधिको २ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

उक्त ट्रेजरी बिल खरिदका लागि  आज सोमबार (पुष १६ गते) सोमबार अपरान्ह २ बजेसम्म आवेदन दिइसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

डिसकाउन्ट दर १५ प्रतिशत रहेको उक्त ट्रेजरी बिलको आम्दानीमा कर लाग्ने छ ।

९१ दिने अवधिको ट्रेजरी बिल चैत१९ गते र ३६४ दिने अवधिको ट्रेजरी बिल २०७६ साल पुष १६ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version