काठमाडौँ: वायुमण्डलका माथिल्लो भेग हुँदै तीव्र गतिमा बहने वायुको मुस्लो ‘जेटस्ट्रिम’ र जमिनको सतह भएर बहने पश्चिमी वायुको दोहोरो प्रभावले मुलुकभरको तापक्रम घटेको छ ।

जेटस्ट्रिम र भारतको उत्तरपश्चिमी भेग हुँदै भित्रिएको पश्चिमी वायुको दोहोरो असरले अधिकांश भेगको तापक्रम घटाएको हो । भारतीय भूमिबाट चीनको तिब्बततर्फ बहने तीव्र गतिको युरोपेली वायु नेपालकै भु–भाग भएर बहँदा त्यसको प्रत्यक्ष अप्रत्यक्ष असरले अहिले चिसो बढाएको वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले बताए ।

मौसम मौसमविद्हरुका अनुसार अझै राजधानीमा चिसो बढ्ने छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version