काठमाडौँ: बिश्वकप फुटबलको क्वाटरफाइनलको आज भएको तेश्रो खेलमा इङ्ल्याण्डले स्वीडेनलाई २-० हराउंदै सेमिफाइनलको यात्रा पक्का गरेको छ । यो जित संगै इङ्ल्याण्ड २८ वर्ष पछि बिश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो ।

इङ्ल्याण्डका हेरी मक्वारीले पहिलो हाफको ३० औं मिनेटमा स्वीडेन बिरुद्ध गरेको गोलले अग्रता दिलाएका थिए भने दोश्रो हाफको ५८ औं मिनेटमा डेलीअलिले गरेको गोलले इङ्ल्याण्डलाई जितको सुनिश्चित गराएका थिए ।

स्वीडेनले आक्रामक रुपमा खेल खेलेपनि कुनै गोल गर्न नसक्दा क्वाटरफाइनलबाट बाहिरिनु परेको थियो । यो जितसंगै उसको भेट आजै राति हुने रशिया र क्रोयोसियाबीच हुने खेलको बिजेतासंग हुनेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version