काठमाडौ: सिटिजन्स बैंक इन्टरनेसनले घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा सुचारु गरेको छ।

बैंकले सरल, सहज र सुरक्षित तरिकाबाट बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालनमा ल्याएको उसले एक सूचना जारी गर्दै भनेको छ।

देश भित्र तथा बाहिर रहेका नेपाली नागरिकहरूले यो प्रविधिको माध्यमबाट सिटिजन्स बैंकमा खाता खोल्न सक्नेछन् । यो सुविधाको सुरुवातसंगै बैंकमा खाता खोल्न बैंक धाउनु पर्ने अवस्थामा न्युनिकरण हुने विश्वास बैंकले लिएको छ ।

यस बाट ग्राहकहरूले आफ्नो समयानुकुल बैंकको बेभसाइटबाट खाता खोल्न सक्नेछन् । यस अगावै पनि सूचना तथा संचार प्रविधिमा आएको आमूल परिवर्तनलाई आत्मसाथ गर्दै बैंकले अनलाइन आस्वा, डिम्याट, केवाइसी, मेरो शेयर, स्मार्ट बैैकिङ जस्ता सुविधाहरू प्रदान गर्दै आएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version