काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी राजश्व जम्मा नगरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय चाबहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगकाअनुसार जग्गा दाखिला खारेज गर्दा नियमानुसार लाग्ने दस्तुर सनिश मिश्रको नाममा काटेको तर राजश्व खातामा भने जम्मा नगरी रु पाँच लाख ६८ हजार २०८ बराबरको भ्रष्टाचार गरेको पाइएको छ ।

एकै आर्थिक वर्षमा एउटै नम्बरको फरक फरक रसिद भेटिएको छ । बस्नेतले काटेको रसिद नम्बर २१९७४ विसं २०७३ असार २६ र विसं २०७२ फागुन १६ गतेको रसिद एउटै देखिएको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ ।

एउटै रसिद काटी राजश्वमा दाखिला गर्नुपर्ने रकमसमेत उपलब्ध नगराएकाले बिगो असुल गरी कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए।
–––

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version