काठमाडौँ: सन् २०१८ मा वैदेशिक रोजगारीको सिलसिलमा संयुक्त अरब इमिरेट्स (युएई) आएका १०७ जना नेपालीको मृत्यु भएको छ। गत वर्षको तुलनामा यो बर्ष २३ जना बढी नेपालीले ज्यान गुमाएका हुन्।

नेपाली दुताबास युएईले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक वर्षमा ९ महिला ९८ पुरूष गरि १०७ जनाको मृत्यु भएको जनाएको छ।

जसमध्ये प्राकृतिक कारण अन्तरगत ह्दयघात, मष्तिस्क पक्षघात तथा मदिरापानले तीन महिला सहित ४४ पुरूषको मृत्यु भएको छ। यस्तै तीन महिला र तीस पुरूषले आत्महत्या गरेको जनाईएको छ भने २ महिला र २१ पुरूषको दुर्घटनाबाट मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ।

कानुनी प्रकृया पुरा भइ नसकेकाले सूर्य विक, अमृत बहादुर कार्की, सृजना बराल र अशोक बरालको शब बाहेक अन्य १०३ शब नेपाल पठाइसकेको दुताबासले जनाएको छ।

अघिल्लो वर्षको अनुपातमा यो वर्ष आत्महत्या लगायत अन्य प्रकारको मृत्युदर बढेको दूताबासका द्धितिय सचिव बिष्णु अधिकारीले बताइन्।
सन् २०१७ मा युएईमा ८४ जना नेपालीले ज्यान गुमाएका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version