काठमाडौँ: जारी विश्वकप फुटबलको दोश्रो क्वाटरफाइनल खेलमा क्रोएसियाले आयोजक राष्ट्र रुसलाई पेनाल्टि सुटआउटमा ४-३ गोलले हराउंदै सेमिफाइनल प्रवेश गरेको छ ।
खेल निश्चित समयसम्म दुई दुईको गोल भएपछी खेल पेनाल्टि सुटाउटमा धकेलिएको थियो । रसियाले खेलको मध्यान्तरअघि चेरिसेभको ३१ मिनेटमा गरेको गोलबाट अग्रता लिएको थियो भने त्यसको लगत्तै ३७ मिनेटमा क्रोएसियाका क्रामारिकले बराबरी गोल फर्काएका थिए ।
त्यसपछि अर्को दोश्रो गोल्ड क्रोयसियाका भिडाले १०१ औं मिनेटमा र रसियाका फ़ेर्ननडेजले ११५ मिनेट पुनः दुइ दुइ गोलको बराबरी गरेपछि खेल पेनाल्टिसुटाउट पुगेको थियो ।
सेमिफाइनल खेलहरु मंगलबार हुनेछन् ।
Facebook Comments Box
