काठमाडौँ: साताको पहिलो कारोवारको दिनदेखी घटेको पूँजी बजार मंगलबार पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलब १३ अंकले घटेर एक हजार १८५ दशमलब ९१ अंकमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ३३ अंकले घटेर २५१ दशमलब ८३ अंकमा झरेको छ ।

आइतबार नेप्से १० दशमलव ६२ अंकले र सोमबार १७ दशमलब २६ अंकले घटेको थियो । नेप्से घटेसंगै कारोवारमा पनि गिरावट आएको छ ।

आज कूल १५६ कम्पनीका ६ लाख ६९ हजार ७२० कित्ता शेयर २२ करोड ८५ लाख ४३ हजार ४१५ मूल्यमा खरीद बिक्री भएका छन् । सोमबार नेप्सेमा १६७ कम्पनीका ११ लाख ७९ हजार ४३ कित्ता शेयर ४० करोड ३ लाख १२ हजार ३८५ मूल्यमा खरीद बिक्री भएका छन् ।

आजको कारोवारमा बाणिज्य २ दशमलब १३ अंक, होटल ४ दशमलब ९१ अंक, विकास बैंक एक दशमलब ४५ अंक र जलबिधुत ३ दशमलब ८६ अंकले घटेका छन् ।

यधपी निर्जीवन बीमा समूहको परिसूचक ९ दशमलब ७२ अंकले , जीवन बीमा शुन्य दशमलब ६३ अंकले र लघुवित्त ३ दशमलब २४ अंकले घटेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version