बैंकक: थाइल्यान्डमा एक व्यक्तिले आफ्ना ससुराली खलकद्वारा अपमानित भएको महशुसपछि आफ्ना बच्चाहरुसहित परिवारका ६ सदस्यको हत्या गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

उक्त हत्याकाण्ड नयाँ वर्षको इभ मनाउने क्रममा भएको हो । उनले आफ्ना दुई बच्चा लगायत ६ सदस्यको गोली हानी हत्या गरेको र आफैँलाई पनि गोली हानेका थिए ।

ती व्यक्तिको पहिचान सुसिप सोर्सग् भएको प्रहरीले जानकारी दिएको छ । घटनाका बेला उनी मादक पदार्थले अत्याधिक मातेका थिए।

उनले आफ्नो ९ वर्षीय छोरा र ६ वर्षिया छोरीको पनि गोलि हानी हत्या गरेका हुन्, लेफ्टिनेन्ट कर्नेल काम्पापनले एएफपीलाई भने।

बाँकी चार मृत्यहरुमध्ये दुई महिला दुई पुरुष रहेका छन् जो ४७ देखि ७१ वर्षसम्मका रहेका छन्।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version