काठमाडौँ: सुबिसु केबलनेट,नेपालको केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनीले आफ्नो १८औँ वार्षिकोत्सवको अवसर पारि आफ्नो ग्राहकहरु सँगखुशी साट्ने उद्देश्यले सुबिसु भयंकर अफर प्रस्तुत गरेको छ ।
जसमा रिटेल ग्रहाकहरु का लागि क्लियर टि.भि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक अफरहरु रहेका छन् ।
क्लियर टिभि सेवाअन्तर्गत मात्र रू ९९९।–(कर सहित) मा १ महिनाको प्रिमियम सेवा (२६५ भन्दा बढी डिजिटल च्यानलहरु तथा (७० भन्दा बढीएच डि च्यानलहरु) साथै, सेट–टपबक्स र जडान सेवा प्राप्तगर्न सकिनेछ।
इन्टरनेट र क्लियर टिभि सेवा अन्र्तगत मात्र रू.२३००।–(कर सहित)मा १ महिनाका लागि २३ Mbps अनलिमिटेड इन्टरनेटर, क्लियर टिभि प्रिमियमप्याकेज (२६५ भन्दा बढीडिजिटलच्यानलहरु तथा७० भन्दा बढीएच डि च्यानलहरु) साथैं म।ेडेम,सेट–टपबक्सर जडान सेवाप्राप्तगर्न सकिनेछ ।
त्यति मात्र हैन सम्पुर्ण ग्राहकहरु मध्ये हरेक हप्ता १० जनाले ३ महिनाको लागिनिशुल्क Subscription प्राप्त गर्ने छ ।
बम्पर उपहार स्वरुप १ जना भाग्यशाली ग्राहकले स्मार्ट टिभी प्राप्त गर्न सक्ने छन् । बिजेताको घोषणा www.subisu.net.np /18anniversary मा गरिने कम्पनीले जनाएको छ ।
अफर सीमित अवधिका लागि मात्र लागु हुनेछ रसर्त तथा नियमहरु लागु हुने कम्पनीले जनाएको छ ।
