काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई आज गर्ने भनिएको सम्बोधन एकाएक स्थगित भएको छ ।

आवश्यक तयारी नपुगेको भन्दै प्रधानमन्त्रीको सम्बोधन स्थगित गरिएको प्रतिनिधिसभा बैठकमा जानकारी गराइएको हो ।

यही पुस ११ गतेबाट शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका थिए ।

सरकारको काम प्रभावकारी बनाउन संसद्मा आवाज उठिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेका हुन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version