काठमाडौँ: यो साता भरि पूँजी बजारमा गिरावट रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहिबार कारोवार मापक नेप्से परिसूचक एक दशमलब ५६ अंकले घटेर एक हजार १७८ दशमलब ८७ अंकमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ४८ अंकले घटेर २५० दशमलब ०६ अंकमा झरेको छ ।
आइतबार नेप्से १० दशमलव ६२ अंकले, सोमबार १७ दशमलब २६ अंकले, मंगलबार एक दशमलब १३ अंकले र बुधबार ५ दशमलब ४२ अंकले घटेको थियो ।

आज कूल १५८ कम्पनीका ७ लाख ९७ हजार ६१३ कित्ता शेयर २७ करोड ६९ लाख ५६ हजार ३०१ मूल्यमा खरीद बिक्री भएका छन् ।

आजको कारोवारमा ब्यापार र लघुवित्त बाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ ।

बाणिज्य बैंक ४ दशमलब ३६ अंक, विकास बैंक ६ दशमलब १८ अंक र जलबिधुत ६ दशमलब ३७ अंकले घटेका छन् ।

त्यसैगरी, निर्जीवन बीमा समूहको परिसूचक १५ दशमलब ०२ अंकले , जीवन बीमा ६८ दशमलब ०५ अंकले र होटल १८ दशमलब २५ अंकले बढेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version