काठमाडौँ: विवेकशील साझा पार्टीले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरीदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिले रु चार अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको ठहर गरेको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी प्रवक्ता डा सूर्यराज आचार्यले आज विज्ञप्तिमार्फत संसदीय छानविन उपसमितिले दोषी औंल्याएका सबैलाई तत्काल कार्यभारबाट मुक्त गरी निष्पक्ष कानूनी र न्यायिक प्रक्रिया पारदर्शिरुपमा यथाशिघ्र अघि बढाउन सरकारसँग माग गरेका छन् । “सार्वजनिक खरिद प्रक्रियामा बारम्बार यो तहको भ्रष्टाचार हुनुले हाम्रो राज्य प्रणाली भ्रष्टाचारको चरम विकृतीले थलिएको स्पष्ट रुपमा देखिन्छ । अझ भ्रष्टाचारलाई वैधता दिने गरी नीति र कानुनको तहमा जानिबुझि छिद्र राखेर गरिने कैयौं नीतिगत भ्रष्टाचारका विषय त सार्वजनिक समेत हुँदैनन्” विज्ञप्तिमा उल्लेख छ ।

राजनीतिलाई राज्य दोहनको माध्यम बनाउने पारम्परिक राजनीतिक अभ्यास नै समस्याको मुल कारण भएको ठहर गर्दै सो पार्टीले यस्ता विकृतिलाई जरैदेखि उखेल्न आमजनता, नागरिक समाज, राजनीतिक दललगायतलाई आफ्नो ठाउँबाट सार्थक पहल गर्न समेत आह्वान गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version