काठमाडौँ: मौसमविदहरुका अनुसार गएराति देखि भइरहेकाे वर्षा अवको तीन दिनसम्म जारी रहने जनाएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार रातिदेखि देशका धेरै ठाउँमा वर्षा भइरहेकाे छ।

पूर्वको तुलनामा पश्चिम क्षेत्रका धेरै ठाउँमा आइतबार भिषण वर्षा हुने सम्भावना रहेको मौसमविद् बरुण पौडेलले बताए ।

बंगालको खाडीसँगै अरबसागरमा ठूलो मात्रामा जलवाष्प पूर्वबाट नेपाल छिरेको र अबका तीन दिनसम्म निरन्तर वर्षा हुने उनको अनुमान रहेको छ ।

‘गत हप्तादेखि केही निस्क्रिय भएको मनसुन आइतबारदेखि फेरि सक्रिय हुन थालेको छ,’ मौसमविद् पौडेलले भने, ‘अहिले देशैभरि बदली भएको छ। यसले गर्दा मध्यमदेखि भारी वर्षा हुने संभावना छ।’ बाढीपहिरो जाने क्षेत्रमा बसोबास गरेका नागरिकलाई सचेत रहन महाशाखाले अाग्रह गरेकाे छ।

विगत केही दिन वर्षा नहुँदा काठमाडौं उपत्यकासहित देशैभर गर्मी बढेको थियो। मौसममा बदली भएसँगै तापक्रम घटेकाे छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार गएको २४ घण्टामा कास्कीको लुम्लेमा सबैभन्दा बढी ७० दशमलव ५ मिलिमिटर वर्षा भएको छ। त्यस्तै सिमरामा २७ मिलिमिटर वर्षा भएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version