काठमाडौं: व्यवसायी अजयराज सुमार्गीले आफ्नो खातामा रोकिएको साढे २ अर्बभन्दा बढी रुपैयाँ निकालेका छन् । सर्वोच्च अदालतले सुमार्गीको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न आदेश दिएपछि इन्भेस्टमेन्ट बैंकमा रहेको रकम उनले निकालेका हुन् ।

सर्वोच्चको आदेशसँगै सुमार्गी आफ्नो रोक्का रहेको रकम भुक्तानी गर्दै इन्भेष्टमेन्ट बैंक पुगेका थिए । उक्त बैंकले भुक्तानीका लागि केही दिनको समय मागेको थियो । तर, सुमार्गीले ताकेता गरेपछि बैंकले उनको खातामा रहेको रकम लैजान बाटो खुला गरिदिएको बैंक स्रातले बतायो ।

‘अदालतको आदेश पालना नगरे अपहेलना मुद्दा हाल्ने धम्की आएपछि सुमार्गीको रकम इन्भेष्टमेन्ट बैंकले फुक्का गरिदिएको हो,’ बैंक स्रोतले भन्यो, ‘इन्भेष्टमेन्ट बैंकले सुमार्गीको खातामा रहेको रकम भुक्तानी गर्न राष्ट्र बैंकको अनुमति मागेको थियो । तर, राष्ट्र बैंकले निर्णय ढिला गरेपछि इन्भेष्टमेन्ट बैंक स्वयंमले भुक्तानी दिएको हो ।’

अघिल्लो साता सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सुमार्गीको लगानीमा सञ्चालित मुक्तिश्री सिमेन्ट उद्योगको खातामा विदेशबाट जम्मा भएको ७५ लाख अमेरिकी डलर भुक्तानी रोक्का नगर्न राष्ट बैँकलाई अल्पकालिन अन्तरिम आदेश दिएको थियो । आजको नागरिक दैनिकमा खबर छापिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version