काठमाडौं: नेपाल टेलिकमको प्रबन्ध निर्देशकको पदका लागि अन्तिम तीन जनाको नाम सिफारिस गरिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रवन्ध निर्देशकका लागि अन्तिम तीन जना डिल्लीराम अधिकारी, संगीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस गरेर मन्त्रिपरिषद लगिने छ।

यस पदका लागि जम्मा ११ जनाले आवेदन दिएका थिए । टेलिकममा प्रवन्ध निर्देशक बन्न ९ जनाले आफ्नो कार्ययोजनासहित प्रस्तुतीकरण राखेका थिए ।

प्रतिस्पर्धामा सानउल्लाह खान, विमल आचार्य, गोकर्णप्रसाद सिटौला, नगेन्द्रकुमार दास, चन्द्रमोहन झा, प्रदीपराज उपाध्याय, अनिल कुमार झा र रामदेव यादवले पनि आवेदन दिएका थिए ।

सरकारले पूर्व प्रवन्ध निर्देशक कामिनी राज भण्डारीलाई बर्खास्त गरेपछि उक्त पद रिता रहेको थियो । अहिले टेलिकमको कार्यबहाक एमडीको जिम्मेवारी सूर्यभक्त पोखरेलले सम्हालिरहेका छन्।

सञ्चार सचिव महेन्द्रमान गुरुङ संयोजकत्वको समतिले तीन जनाको ना छनोट गरेर सिफारिस गरेको सञ्चार मन्त्रालयले जनाएको ।

अधिकारी र पहाडी अहिले पनि टेलिकममा कार्यरत कर्मचारी हुन् भने आचार्य यसअघि पनि टेलिकमममा प्रवन्ध निर्देश्कका रुपमा काम गरिसकेका व्यक्ति हुन् ।

मन्त्रालयले गत मंसिर २९ गते प्रवन्ध निर्देशक नियुक्तिका लागि लागि आवेदन माग गरेको थियो ।


एमडी पद्की एकमात्र महिला संगीता पहाडी अर्याल
Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version