काठमाडौँ: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन९मर्जर०का लागि प्रोत्साहन गर्ने नीति अख्तियार गर्ने भएको छ । बैंकले एक निर्देशनमार्फत बैंक तथा वित्तीय संस्था ऐन, २०७३ बमोजिम गाभ्ने वा गाभिई स्तरोन्नति गर्ने प्रक्रिया अवलम्बन गरे त्यसलाई प्रोत्साहन गर्ने नीति लिएको हो ।

बैंक तथा वित्तीय संस्थाले गाभिनका लागि दिने आवेदनलाई प्राथमिकता दिनेसमेत नीति लिएको छ । राष्ट्र बैंकमा त्यस्तो प्रक्रियाका लागि आवेदन दिँदा त्यस्ता संस्थाले कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड र धितोपत्र विनिमय बजारलाई समेत जानकारी दिन सुझाएको छ ।

प्रादेशिकस्तरका वित्तीय संस्था एकापसमा गाभिई वा प्राप्ति गरी राष्ट्रियस्तरमा परिणत हुन चाहेमा गाभिएर बन्ने संस्थाको चुक्ता पूँजी तथा पूँजीकोष केन्द्रीय बैंकले तोकेबमोजिम हुने गरी अन्य व्यवस्थामा छुट प्रदान गर्ने नीति लिइएको छ ।

यस्तै राष्ट्र बैंकले तोकेको अवधिभित्र तोकेबमोजिम पूँजी नपु¥याएको, पाँच वर्षदेखि लगातार नोक्सानीमा रहेका बैंक तथा वित्तीय संस्थालाई गाभिनका लागि प्रोत्साहन गर्नेछ । राष्ट्र बैंकले दिएको निर्देशन उल्लङ्घन गरेको र जोखिम व्योहोर्ने कोष कायम गर्न नसकेकालाई पनि गाभिनका लागि प्रेरित गर्ने नीति लिएको केन्द्रीय बैंकको निर्देशनमा उल्लेख छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version