काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले केहि साथीहरुले देशमा यत्रो ठुलो विकास निर्माणका कामहरु अघि बढिरहेको अवस्थामा केहि भएको नदेख्नु कुनी के हो साथीहरुले यसलाई किन देखेनन् भनेर आश्चार्यता प्रकट गरेका छन् ।
आइतबार संसदलाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालममा झोलुङ्गे पुल विस्थापनका कार्यले तिब्रता पाएको जानकारी गराएका थिए।
प्रधानमन्त्री ओलीले प्रमुख विपक्षी कांग्रेसलाई धमिलो पानीमा माछा पार्ने रहर नगर्न सुझाव समेत दिएका छन् ।
सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याउँदा किन ल्याएको ? कर्मचारीको वृत्तिविकास रोक्न मिल्छ ? जस्ता प्रश्न आएको भन्दै उनले भने, ‘स्वेच्छिक अवकासमा जाँदा अनावश्यक ५०/६० अर्ब व्ययभार बोक्नुपर्थ्यो ।’
नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको कर्मचारी समायोजन ऐन कार्यान्वयन गरेको भए उमेर भएका राष्ट्रसेवकलाई पेन्सनर बनाएर दक्षता गुमाउनुपर्ने पनि बताए ।
प्रम ओलीले आधिकारिक ट्रेड युनियनसँग भएको सहमतिअनुसार नै कर्मचारी समायोजन अघि बढेको बताए ।
यसमा चित्त दुखाउनु नपर्ने उनले बताए । कर्मचारी आन्दोलनतर्फ संकेत गर्दै उनले भने, ‘पानीलाई धमिलो पार्ने र धमिलो पानीमा माछा मार्ने रहर नगर्नु नै उपयुक्त हुन्छ ।’
