काठमाडौं: नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाजमा भएको भनिएको घोटालामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसमेत मुछिएपछि यसबारे आफ्नो धारणा सार्वजनिक मन्त्री अधिकारीले सोमबारका लागि पत्रकार सम्मेलन डाकेका छन् ।

विहान १० बजे मन्त्री अधिकारी, कृष्ण प्रसाद देवकोटा सम्बद्ध अधिकारी सहित पत्रकार सम्मेलनको आयोजना गरिएको पर्यटन मन्त्रालयले जनाएको छ । बिहान ११ बजे नै लेखा समितिको बैठक बोलाइएको अवस्थामा मन्त्री अधिकारीले बिहान ११ बजेको लागि पत्रकार सम्मेलन बोलाएका हुन् ।

१८ पुसमा संसदको सार्वजनिक लेखासमिति अन्तर्गतको उपसमितिले बुझाएको प्रतिवेदनमा वाइडबडी जहाज खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको ठहर गरेको छ भने सो अनियमिततामा मन्त्री अधिकारीसहित मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, निगमका महाप्रवन्धक सुगतरत्न कंशाकार, तत्कालीन पर्यटन सचिव प्रेमकुमार राई र शङ्कर अधिकारीलाई समेतलाई तत्काल निलम्बन गरी कारवाही गर्न सिफारिस गरिएकाे छ ।

यस्तै तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही र जितेन्द्र नारायण देवले सार्वजनिक खरिद ऐन २०६३ को विपरीत अनियमित तरिकाले विमान खरिद प्रक्रिया अगाडि बढ्दा पनि यथेष्ठ सतर्कता नअपनाएकाले नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै कानुनसम्मत कारवाहीका लागि निर्देशन गर्न समितिलाई सिफारिस गरिएकाे छ ।

उपसमितिको सिफारिसबारे छलफल गरेर समितिले आवश्यक निर्णय गर्ने तयारी गरिरहेको बेला मन्त्री अधिकारीले बोलाएको पत्रकार सम्मेलनलाई चासोका साथ हेरिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version