काठमाडौँ: काठमाडौँ उपत्यका र बाहिरका केहि आसपासमा क्षेत्रमा अहिले यस वर्षकै पहिलो हिउँदे वर्षा भइरहेको छ।

यसभन्दा पहिले पनि उपत्यकाका केहि स्थानमा हल्का वर्षा भएको थियो तर त्यो मापन योग्य नरहेकोले यो नै यस वर्षको पहिलो हिउँदे बर्षा हो, जल तथा मौसम बिज्ञान विभागका मौसमविद बरुण पौडेलले जानकारी दिए।

उपत्यका पछि हल्का वर्षा दिपायल, धनगडी र सिमरामा पनि देखिएको उनले बताए। आज देशका अधिकांश स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने जनाएको छ।
पौडेलले भने देशभर आंशिकदेखि सामान्य बदलि रहने देखिन्छ। अहिले काठमाडौँको बिहानीको न्युनतम तापक्रम साँढे ६ डिग्री रहेको छ।

यस्तो हुनेछ अवको तीन दिनको मौसमी अवस्था

जारी मिति: २०७५ पुस २३ गते सोमबार (बिहान ६:०० बजे)

पुस २३ गते (सोमबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदलि रहने देखिन्छ | देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशका केहि उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने सम्भावना छ ।

रातिः देशको पश्चिमि भु-भागमा आंशीक बदलि तथा मध्य र पुर्वी भूभागमा सामान्य बदलि रहने देखिन्छ | मध्य र पुर्वी भुभागका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

पुस २४ गते (मंगलबार)

दिउँसो: देशको पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ |

रातिः देशको पश्चिमि पहाडी भूभागमा आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ |

पुस २५ गते (बुधबार)

दिउँसो: देशको पहाडी भेगमा आंशिक बदलि हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ |

रातिः देशभरि नै मौसम सामान्यतया सफा रहने देखिन्छ |

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version