काठमाडौँ: मानव बेचबिखनको आरोप लागेपछि विवादमा परेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो । पूर्वचालक वाङ्छु शेर्पाले लक्कीलाई एकमहिनाअघि मानव बेचबिखनको आरोप लगाएका थिए । त्यसपछि उनी विवादमा परेकी थिइन् ।

विवादमा आएपछि नेपाली काँग्रेस र सत्ता पक्षका सांसदहरुले उनीमाथी छानविनको माग गरेका थिए । विवादमाथि छानबिन गर्दै परराष्ट्र मन्त्रालयले शेर्पालाई राजदूत कायमै राख्न उचित नहुने ठहर गरेको थियो । परराष्ट्रको ठहरपछि शेर्पालाई राजीनामा दिन निर्देशन दिएपनि उनले अटेरी गरेपछि उनी बर्खास्तमा परेकी हुन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version