काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रेग्मीलाई बर्खास्त गर्दै विभागको नयाँ प्रमुखमा एआईजी गणेश अधिकारीलाई नियुक्त गरेको छ ।

विभागका नवनियुक्त प्रमुख अधिकारीले पहिलोक्लिकसंग कुरा गर्दै भने, ‘सरकारले आफुलाई विभागको प्रमुखको रुपमा पत्र प्राप्त भएको र आजै पदवहाली गरिसकेको छु।’

३० बर्षे सेवा अवधिका कारण आगामी जेठ १५ गते अनिवार्य अवकाश पाउने भएपनि सरकारले दिलिप रेग्मीलाई पदावधी नपुग्दै बर्खास्त गरेको छ । नवनियुक्त प्रमुख रेग्मीको पनि पदावधी आगामी जेठ १३ गते सकिन्छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version