काठमाडौं: सहारा विकास बैंकको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्जले सहारा विकास बैंकलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

बैंकले घोषाणा गरेको लाभांशको निर्णय धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम नभएको नेप्सेले भनेको छ ।

बोनस सेयर, नगद लाभांश, हकप्रद सेयर वितरणको निर्णय हुने वित्तिकै सञ्चालक समितिको बैंठक बसेको समय उल्लेख नगरेको, लाभांश दिन लागेको सम्बन्धित आर्थिक बर्ष र दाखिला खारेज बन्द मिति, सेयर कित्ता र रमक समेत नखुलाएको, एक दिन अगाडीको मिति राखेर एकदिन पछाडी मात्र नेप्सेलाई जानकारी गराएको जस्ता कारणले साहारालाई स्पष्टिकरण सोधिएको नेप्सेले जनाएको छ ।

सहाराले पुस २० गते नै सञ्चालक समितिको बैठक बसी ८९ लाख ७८ हजार ३६० रुपैयाँ बराबरको बोनस सेयर र कर तिर्न ४ लाख ७२ हजार ५४५ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको थियो ।

लाभांश वित्तरणको घोषणाको सुचना नेप्सेलाई समयमै नगराएको भन्दै बैंकसँग २४ घण्टे स्पष्टिकरण माग गरेको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version