काठमाडौँ: भिसा अवधि सकिएपछि दुई महिनादेखि चिनियाँ प्रहरीको हिरासतमा रहेको ११ नेपाली युवा मंगलबार नेपाल डिपोर्ट (फिर्ता) गरिएका छन्।

रेस्टुरेन्टमा काम गर्न ६ महिनाअघि चीन आएका उनीहरुलाई भिसा अवधि सकिएपछि चिनियाँ प्रशासनले हिरासतमा राखेको थियो। एक जनालाई भने प्रहरीले थप अनुसन्धान गर्न भन्दै फर्काएको छैन।

गत असार दोश्रो साता दी चरणमा गरी १४ नेपाली चीनको साडहाईभन्दा केहि दक्षिण चंचांग प्रान्को निन्ग्पो आएका थिए। २१ देखि ३५ वर्षका उनीहरुलाई राम्रो आम्दानिको लोभ देखाउंदै चिनियाँ र मलेसियनले खोलेको रेस्टुरेन्टमा काम गर्न ल्याइएको थियो।
आएकामध्ये धादिंङका अनिल धिताल एक महिनाको भिसा सकिनासाथ फर्किएका थिए।

बाँकी १३ मध्ये धनुषाका कृष्णबहादुर लामा, अभिन घिसिङ्ग, दोलखाका दिनेश कुमार कार्की, सर्र्लाहीका रमेश परियार, दीपक कार्की, धादिङ्गका सौगात धिताल, चितवनका अंकित परियार र बिशाल परियार, काभारेका भीमबहादुर तामांग लगायत थिए।

यो समाचार आजको कान्तिपुर दैनिकमा बेजिंङबाट चेतनाथ आचार्यले लेखेका छन्

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version