काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली सरकारले पद खारेजीको पत्र थमाएपछी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) युवराज भुसालले आनो साँध ८ महिने कार्याकाल पूर्णरुपमा सफल र परिणाममुखी रहेको उल्लेख गरेका छन् ।
खारेजीको पद प्राप्त भएपछि आयोजित पत्रकार सम्मेलनमा आइतबार भुसालले भने नयाँ सरकार बनेपछि पनि आफूलाई झन्डै ५ महिना काम गर्न सहज वातावरण बनाइदिएकोमा धन्यवाद छ ।
अवकासप्राप्त भुसालले पदमुक्त गरिएको पत्र दिँदा ओली सरकारले धन्यवाद समेत नदिएको गुनासो गरे । आफुलाई नियुक्त गर्ने अघिल्लो सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएकोमा समेत धन्यवाद दिए ।
उनले सरकारले आफूलाई लक्षित गरि पदमुक्त गरेको नभई २०७४ भदौ १४ देखि फागुनसम्म अघिल्लो सरकारले नियुक्त गरेका सबै पदाधिकारीलाई सेवामुक्त गरेकोले त्यसमा आफ्नो कुनै गुनासो नरहेको बताए ।
पत्रकार भेटघाट कार्यक्रममा सिइओ भुसालले सरकारले पठाएको अवकास पत्र पढेर सुनाउँदै आफूले गरेको काममा लागि धन्यवाद नदिँदा दुःख लागेको बताउँदै सरकारले चालेको कदमको भने स्वागत गरेको उल्लेख गरे ।
३४ बर्षको सरकारी सेवापछि पनि ३२ जिल्लामा ९ लाख बढी जनताको हीतका लागि काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै आफ्नो कार्यकालमा भएका प्रगतिबारेमा चर्चा गरे ।
उनले पहिलो भूकम्पपीडितले पैसा नपाएको गुनासो आँउने गरेपनि अहिले समस्या समाधान गरेको उनको भनाई थियो । अर्थमन्त्रालयको बजेट शाखामा साढे ४ बर्ष काम गरेको अनुभव, बन मन्त्रालय, भूमिसुधार मन्त्रालय र पञ्चायतकालमा ४ बर्ष र बहुदल आएपछि ४ बर्ष स्थानीय निकायमा काम गरेको अनुभवका आधारमा काम गर्न सजह भएको भुसालले बताए ।
उनले आफ्नो कार्यकालमा निजी आवास पुनर्निर्माणतर्फ २ लाख ३५ हजार भन्दा बढी घर निर्माण भएको, ५ लाख ४ हजार भन्दा बढी घर निर्माण भइरहेको, ७ लाख १२ हजार बढीले पहिलो किस्ता, ४ लाख ४१ हजारले दोश्रो किस्ता र १ लाख ९४ हजार बढीले तेश्रो किस्ता रकम पाएको उल्लेख गरे ।
यस्तै काठमाडौँ उपत्यकाका सम्पदा धरहरा, काष्ठमण्डप, रानीपोखरी, दरबार हाइस्कुलको पुननिर्माण शूरु भएको बताए । यस्तै २ लाख ५६ हजार गुनासाहरुबाट १ लाख फस्छ्यौट गरेको उल्लेख गरे ।
