काठमाडौँ: भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले कृषिबाट समृद्धि हासिल गर्न सकिदैन भन्ने मानसितकमा परिवर्तन गर्नुपर्ने धारणा राखेकि छिन ।

उनले श्रमलाई सम्मान गर्दै गाउँ गाउँबाट समृद्धिको अभियान शुरु गर्नुपर्ने बताइन् ।

राष्ट्रिय सहकारी महासंघको २६ औं बार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारले गरिवी निवारण र समृद्धिको आधारमा रुपमा सहकारीलाई प्रोत्साहन गरिरहेको बताइन् ।

उनले सहकारीका उत्पादनका लागि बजारीकरण गर्ने कार्य सरकारले गर्ने बताइन । ‘पैसा भएर मात्र काम हुने भन्ने कुरालाई म स्विकानि कार्यक्रम र योजना बनाउँनुस् पैसाको कमिले ती कार्यक्रम रोकिने छैनन । त्यसको जिम्मेवारी म लिन्छु ।’ उनले भनिन ।
उहाँले सख्यात्मक रुपमा भन्दा पनि गुणात्मक रुपमा सहकारीको प्रवद्र्धन गर्नका लागि स्थानीय तहले प्रभावकारी रुपमा नियमन, प्रवद्र्धन गर्नुपर्ने धारणा राखिन् । ‘नापी र मालपोतको भ्रष्ट्रारकले गलेको मनलाई उत्साहित बनाउने काम सहकारीले गरेको छ । यो उत्साहलाई बुद्धि गर्नका लागि सहकारीले नमुना कार्य गर्नुपर्दछ ।’ उनले भनिन् ।

उनले नापी र मालपोतमा हुने अनियमितताको अन्त्यका लागि एउटा सिस्टम नै विकास गर्न आफू सक्रिय रहेको बताइन् ।

सो कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिका अध्यक्ष तथा पूर्व मन्त्री केशव बडालले समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय सोचलाई पुरा गर्न लोकतान्त्रिक गणतन्त्र र संघीय संरचना अन्तर्गत बनेको संघीय, प्रदेश र स्थानीय सरकार , निजी तथा सहकारी क्षेत्रको संयुक्त प्रयासमा जोड दिए ।

लेखा समितिका संयोजक धर्मदत्त देवकोटाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै महासंघको आन्मनिर्भरताका लागि स्थायी आम्दानीको स्रोतको खोजी गर्नुपर्ने, सदस्य संघहरुको व्यवसायीक विकासका लागि पहल गर्नुपर्ने बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version